Logout

राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन अध्यक्ष नारायणप्रसाद दाहालको निर्देशन

राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन अध्यक्ष  नारायणप्रसाद दाहालको निर्देशन

काठमाडौँ, १६ चैत :  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिनुभएको छ ।

सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणका साथै र विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि अध्यक्ष दाहालले सो निर्देशन दिनुभएको हो । 

प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयका सम्बन्धमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५ (क) को उपनियम ३ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भई जवाफ दिन सरकारलाई निर्देशन दिइएको हो ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ