Logout

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन

सिमकोट (हुम्ला), १४ चैत : रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा रोजगार संवाद मञ्च गठन भएको छ । 

प्रशासकीय अधिकृत सुवास आलेले रोजगार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार गाउँपालिकास्तरीय रोजगार संवाद मञ्च गठन गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भण्डारी संयोजक र उपाध्यक्ष सुशीला रोकाय भाम सहसंयोजक रहने गरी नौ सदस्यीय रोजगार संवाद मञ्च गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

समितिमा उद्योग वाणिज्य सङ्घ, निर्माण व्यवसायी सङ्घ, गैरसरकारी संस्था, नागरिक समाज, प्रशासकीय अधिकृतलाई सदस्य तोकिएको छ भने रोजगार संयोजकलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ । 

प्रशासकीय अधिकृत आलेले हाल सञ्चालनमा रहेको प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन पक्षलाई व्यवस्थित बनाउन र गाउँपालिकाले अन्य सरोकारवालाको समन्वय र सहकार्यमा रोजगारीका क्षेत्र पहिचान गर्न मञ्च उपयोगी हुने बताउनुभयो । हाल प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमले दैनिक ज्यालालाई मात्र प्राथमिकता दिएकामा अब भने आयआर्जनका क्षेत्रमा लगानी गर्ने उहाँले बताउनुभयोे ।

उहाँले सधैँ प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमप्रति निर्भर नरहेर गाउँपालिकाले आफ्नै लगानीबाट आयआर्जनका क्षेत्र पहिचान गरेर त्यसलाई कार्यान्वयन गर्न मञ्चले सुझाव दिएर सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताउनुभयो । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ