ट्रेन्डिङ

Logout

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

6.7k Shares

काठमाडौँ, १३ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गर्नुभएको छ । 

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ । 

उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्नुहुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार