धनुषा, १० चैत: मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो । नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नुभएको छ । साथै केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ लिनुभएको छ ।
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार
8.2k
Shares
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता भएन
२.
रोनाल्डोको २३ वर्षे अन्तर्राष्ट्रिय यात्रा समाप्त, पोर्चुगलको जर्सीलाई भने बिदाइ!
३.
मृत्युदण्डको फैसला हुँदाहुँदै शेख हसिनाको घोषणा : ‘डिसेम्बरमा बङ्गलादेश फर्किन्छु’
४.
बागमतीमा १४२ अधिकृतको सरुवा, ७९ जना एउटै मन्त्रालयमा
५.
सर्वोच्च पुगे पदमुक्त आईजीपी कार्की
६.





