Logout

मुख्यमन्त्री सोनलद्वारा व्यवसायी भण्डारीमाथिको आक्रमणप्रति आपत्ति

मुख्यमन्त्री सोनलद्वारा व्यवसायी भण्डारीमाथिको आक्रमणप्रति आपत्ति

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको आक्रमणप्रति मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले गम्भीर आपत्ति जनाएका छन्।

मुख्यमन्त्री सोनल शुक्रबार अस्पताल पुगेर घाइते भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर शीघ्र स्वास्थ्य लाभको कामना गरे। उनले घटनामा संलग्न सुरक्षाकर्मीमाथि आवश्यक छानबिन गरी कारबाही हुने विश्वास दिलाए।

 

प्रहरीको लाठीचार्ज र अश्रुग्यास प्रहारबाट घाइते भएका भण्डारीको अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि मुख्यमन्त्री सोनलले नेपाल प्रहरीका डीआइजीलाई तत्काल फोन सम्पर्क गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले व्यापारी र व्यवसायीमाथि हुने दमनात्मक गतिविधिले समाजमा त्रास सिर्जना गर्ने भन्दै यस्ता कार्य रोक्न आग्रह गरे।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ