ट्रेन्डिङ

Logout

नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट

273 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन दिनका सबै टिकट बिक्री भएको आधा घण्टामै सकिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले टिकट बिक्री खुला गरेको ३० मिनेटमै सबै टिकट बिक्री भएका हुन्।

क्यानले गएराति ८ बजे प्रतियोगिताका लागि टिकट बिक्री सुरु गरेको थियो। बिक्री खुला भएको छोटो समयमै उद्घाटन दिनका सबै टिकट बिक्री भएपछि प्रतियोगिताप्रति दर्शकको चासो देखिएको छ।

आगामी कात्तिक ९ गतेदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ। क्यानले प्रतियोगिताका विभिन्न चरणका खेलका लागि फरक–फरक दरमा टिकटको मूल्य निर्धारण गरेको छ।

लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी, नकआउट चरणका एलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।

तेस्रो संस्करणको एनपीएलको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार