काठमाडौं । एप्पलले सन् २०२७ मा सार्वजनिक गर्ने भनिएको iPhone 20 मा अहिलेसम्मकै ठूलो डिजाइन परिवर्तन गर्ने तयारी गरेको चर्चा चुलिएको छ। iPhone को २०औँ वार्षिकोत्सवलाई लक्षित गर्दै एप्पलले नयाँ पुस्ताको फोनमा व्यापक डिजाइन परिवर्तन गर्न सक्ने विभिन्न रिपोर्ट र लिकहरूले संकेत गरेका छन्।
एप्पलले सन् २०२६ मा iPhone 18 सिरिज सार्वजनिक गरिसकेको अवस्थामा अबको वर्ष आउने फोनलाई सामान्य रूपमा iPhone 19 नभई iPhone 20 नाम दिन सक्ने अनुमान गरिएको छ। सन् २००७ जुन २९ मा पहिलो iPhone सार्वजनिक भएको थियो। त्यसैले २०२७ मा iPhone को २०औँ वार्षिकोत्सव पर्छ।
रिपोर्टअनुसार iPhone 20 मा फोनको चारैतिर घुम्ने अर्थात् quad-curved glass डिजाइन प्रयोग हुन सक्छ। डिस्प्ले फोनको चारै किनारातर्फ हल्का घुम्ने र बेजेल निकै पातलो बनाउने एप्पलको योजना रहेको बताइएको छ।
यो परिवर्तन सन् २०१७ मा आएको iPhone X पछि एप्पलको सबैभन्दा ठूलो डिजाइन परिवर्तन हुन सक्ने अनुमान गरिएको छ। iPhone X ले Home Button हटाउँदै edge-to-edge display र Face ID को सुरुवात गरेको थियो।
एप्पलले गहिरो रूपमा घुमेको waterfall display भन्दा हल्का micro-curve प्रयोग गर्न सक्ने बताइएको छ। यसले फोन समात्दा सहज अनुभव दिनुका साथै डिस्प्लेको किनारामा देखिने विकृति कम गर्ने उद्देश्य राख्न सक्छ।
Despite recent reports in both domestic and international media that the iconic 20th-anniversary iPhone will feature a quad-curved design, I personally believe that a true quad-curved display is unlikely. Apple wouldn't base a commemorative device requiring large-scale production… pic.twitter.com/5TdmBYJERv
— Ice Universe (@UniverseIce) January 3, 2026
iPhone 20 को अगाडिको डिजाइनमा पनि ठूलो परिवर्तन हुने अपेक्षा गरिएको छ। एप्पलले Face ID र सेल्फी क्यामेरालाई डिस्प्लेमुनि राखेर पूर्ण रूपमा cutout-free display बनाउने प्रयास गरिरहेको चर्चा छ।
यद्यपि, २०२७ सम्ममा under-display camera र Face ID प्रविधि पूर्ण रूपमा तयार हुन्छ कि हुँदैन भन्ने निश्चित छैन। त्यसैले सानो hole-punch वा अझ सानो Dynamic Island रहने सम्भावना पनि कायम छ।
एप्पलले iPhone 20 का दुई आकारका मोडल ल्याउने तयारी गरिरहेको चर्चा छ। तीमध्ये एउटा करिब ६.३ इन्च र अर्को करिब ६.९ इन्च डिस्प्ले भएको हुन सक्ने अनुमान छ।
पातलो बेजेलका कारण ठूलो मोडलको वास्तविक डिस्प्ले आकार करिब ७ इन्चजस्तो देखिन सक्ने रिपोर्टमा उल्लेख छ।
iPhone 20 मा Side Button, Volume Button, Action Button र Camera Control जस्ता बटनहरूलाई पनि परिवर्तन गर्ने एप्पलको योजना हुन सक्ने बताइएको छ।
रिपोर्टअनुसार एप्पलले solid-state haptic buttons प्रयोग गर्ने सम्भावना छ। यस्ता बटनमा अहिलेका जस्तो भौतिक रूपमा थिचिने भाग नहुने र ह्याप्टिक प्रतिक्रियामार्फत बटन थिचेको अनुभव दिनेछ।
यसले फोनको फ्रेममा हुने भौतिक खुला भाग कम गर्नुका साथै एप्पलले कल्पना गरेको एकीकृत ग्लास डिजाइनलाई थप सहज बनाउन सक्छ। परीक्षणमा यस्ता बटनहरू पञ्जा लगाउँदा, हात भिजेको अवस्थामा तथा विभिन्न तापक्रममा प्रयोग गर्ने विषयसमेत समेटिएको दाबी गरिएको छ।
यद्यपि iPhone 20 सम्बन्धी यी सबै विवरणहरू अहिले रिपोर्ट, लिक र अनुमानमा आधारित छन्। एप्पलले आधिकारिक रूपमा नयाँ फोनको नाम, डिजाइन वा स्पेसिफिकेसन सार्वजनिक गरेको छैन।
त्यसैगरी, केही रिपोर्टले पूर्ण रूपमा ग्लासमा आधारित नयाँ डिजाइन उत्पादन गर्न कठिनाइ देखिएपछि परियोजना प्रभावित हुन सक्ने दाबी पनि गरेका छन्। यस्तो दाबी भने अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
यदि एप्पलले यी परिवर्तनहरू कार्यान्वयन गर्यो भने २०२७ को वार्षिकोत्सव iPhone ले पछिल्ला वर्षहरूमा देखिएको iPhone डिजाइनलाई नै पुनःपरिभाषित गर्ने अपेक्षा गरिएको छ।
source : https://www.macrumors.com/