ट्रेन्डिङ

Logout

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडाको अग्रता, दोस्रोमा सिवाकोटी

377 Shares

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्।

हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ७६८ मत प्राप्त गरेका छन् । अजय सिवाकोटी ५४८ मतसहित दोस्रो स्थानमा रहँदा डिल्लिराज सुवेदीले ४३९ मत प्राप्त गरेका छन्।

त्यस्तै, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजीव ढुंगानाले २५३, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन्।

खुला तर्फ सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार