624
Shares
हरिनगर गाउँपालिका वडा नं.–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट सरोज पंडित वडा सभापतिमा चयन भएका हुन् ।
अधिवेशनले नयाँ वडा समिति समेत गठन गरेको जनाएको छ । समितिको उपसभापतिमा रोशन महतो तथा सचिवमा मुकेश देव चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा सहदेव राम, उमेश पंडित, रामचन्द्र, नन्दकिशोर मेहता, सुनिता साह, जानकी देवी मेहता, सोमनी देवी सुतिहार तथा गीता राम चयन गरिएको जनाइएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै स्थानीयस्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।