नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले बढेर २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ।
मंगलबार सुन तोलाको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि उकालो लागेको छ।
आज चाँदी तोलामा १०५ रुपैयाँ वृद्धि भई ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी तोलाको मूल्य ३ हजार ११५ रुपैयाँ थियो।


