ट्रेन्डिङ

Logout

काठमाण्डौ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि विशेष अभियान, २ सयभन्दा बढी मोटरसाइकल जफत

4.1k Shares

काठमाण्डौ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रणका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सुरु गरेको छ।

अभियान अन्तर्गत विशेषगरी चर्को हर्न बजाउने सवारी र गैरकानूनी रूपले परिमार्जन गरिएको साइलेन्सर पाइप राखेका मोटरसाइकलहरूलाई लक्षित गरिएको छ।

प्रहरीका अनुसार पछिल्ला केही दिनमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा चेकजाँच गर्दा २ सयभन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएका छन्। ती मोटरसाइकलहरूबाट अत्यधिक आवाज निस्कने गरेकाले, ती सवारीसाधनहरूलाई जफत गरेर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रहरीले यस अभियानलाई नियमित रूपमा अगाडि बढाउने बताउँदै, नियम उल्लंघन गर्ने सवारीधनीलाई जरिवाना, मर्मत गर्न बाध्य पार्ने वा कानूनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ।

सार्वजनिक स्थलमा शान्तिपूर्ण वातावरण कायम राख्न र जनस्वास्थ्यमा पर्न सक्ने असर कम गर्न ध्वनि प्रदूषण नियमन अति आवश्यक भएको ट्राफिक प्रहरीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार