Logout

मानवसेवा आश्रम धरान शाखा आजदेखि सञ्चालनमा

मानवसेवा आश्रम धरान शाखा आजदेखि सञ्चालनमा

धरान । आजदेखि धरानमा मानवसेवा आश्रमको २७ औँ शाखा सञ्चालनमा आएको छ । हिजो रात्रिकालीन सडकसेवा आयोजना गरी धरानका विभिन्न सडकपेटी र सार्वजनिक स्थलहरुबाट उद्धार भएका ९ जना र यसअघि धरानबाट उद्धार गरी विराटनगर शाखामा आश्रय लिइरहेका मध्ये १८ जनालाई आज एक औपचारिक कार्यक्रमकाबीच धरान उपमहानगरपालिका-१६ सनमार्गस्थित भाडाको घरमा गृहप्रवेश गराइएको हो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, धरान उपमहानगरपालिका-१६ का वडाअध्यक्ष मुरारी भट्टराई, धरान उपमहानगरपालिका-१ का वडाअध्यक्ष यज्ञमणी आचार्य, ​राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु,पत्रकार महासंघका अध्यक्ष सन्तोष काफ्ले, लायन्स, रोटरी एवं विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेकाे थियाे।
यसअघि विभिन्न समयमा धरानबाट १ सय ४१ जना पुरुष र १२ जना महिला गरी १ सय ५३ सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई उद्धार गरी मानवसेवा आश्रम विराटनगर लगायत अन्य शाखाहरुमा राखी सेवा प्रदान गरिएको थियो ।

धरानमै मानवसेवा आश्रमको शाखा विस्तार भइसकेपछि अब ताप्लेजुङ, ओखलढुङ्गा पाँचथर, सोलुखुम्बु र सुनसरी जिल्लाका सहयोगापेक्षीहरुलाई धरान सेवाकेन्द्रबाट सेवा दिइने संस्थाका कोषाध्यक्ष होमनाथ तिमल्सिनाले जानकारी दिनुभयो ।

मानवसेवा आश्रमले देशभर सात प्रदेशका २१ जिल्लामा २७ वटा सेवाकेन्द्र सञ्चालनमा ल्याई ७७ जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं सम्भव भएकाहरुको पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको छ ।

हाल मानवसेवा आश्रमको देशभर रहेका २७ सेवाकेन्द्रमा २ हजार ४ जनाआश्रित छन् भने हालसम्म १२ हजार २ सय ४९ जनाको उद्धार गरिसकेको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ