ट्रेन्डिङ

Logout

सुन तस्करी प्रकरण: पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता

5.2k Shares

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई आइतबार पक्राउ गरेको थियो।जिल्ला सरकारी वकिलको कार्यालयले म्याद थप नगरी सोमबार नै महराविरुद्ध संगठित अपराध र भन्सार छलीको कसुरमा मुद्दा दर्ता गरेको हो।

साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि महरामाथि अनुसन्धान गरिरहेको छ र केही दिनअघि उनको बयान लिएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार