ट्रेन्डिङ

Logout

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने

5.2k Shares

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको ठूलो पहिरो पन्छाउन कम्तीमा दुई दिन लाग्ने अनुमान गरिएको छ। मङ्गलबार दिउँसो करिब ४ः३० बजे खसेको पहिरो आज बिहानदेखि मात्रै पन्छाउने काम सुरु गरिएको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ भने दमौलीबाट थप एउटा स्काभेटर ल्याइँदै छ।

१६० मिटर सडक भाग पहिरोले पुरिएको छ। लामिछानेका अनुसार माथिबाट ठूलो पहिरो झर्ने सम्भावना न्यून भए पनि अझै केही ढुङ्गा नझरेकोले साना तथा मध्यमस्तरका पहिरो झर्ने सम्भावना भने कायम छ।

गत शुक्रबारदेखि लगातार पहिरो खसिरहेको सो स्थानमा समय समयमा पहिरो पन्छाएर केही सवारी सञ्चालन गरिएको थियो। तर मङ्गलबार साँझदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। यसले गर्दा ठूलो संख्यामा मालवाहक सवारी साधन लाममा छन् भने यात्रुवाहक सवारीहरूलाई फर्काएर वैकल्पिक मार्गतर्फ पठाइएको छ।

प्रयोग गर्न सकिने वैकल्पिक मार्गहरू:

  • साना सवारीका लागि:

    • चितवनको जुटपानी, शक्तिखोर, मायाँटार हुँदै धादिङको मलेखु।

    • हेटौँडाबाट भैँसे–भीमफेदी–कुलेखाने–सिस्नेरी हुँदै दक्षिणकाली।

  • ठूला सवारीका लागि:

    • पूर्वबाट कान्ति लोकपथ हुँदै हेटौँडा–गिंगन–भट्टेडाँडा–ललितपुर सातदोबाटो।

    • पोखरा जाने सवारीका लागि बुटवल हुँदै पोखरा।

  • अन्य विकल्प:

    • कालीगण्डकी कोरिडोरमार्ग साना सवारीका लागि।

    • गैँडाकोट हुँदै तनहुँको भिमाद र पाल्पाको रामपुर।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार