ट्रेन्डिङ

Logout

सवारी चालक अनुमतिपत्र छपाइ–वितरण अनिश्चितकालका लागि रोकियो

4.5k Shares

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको जानकारी दिएको छ। विभागले आइतबार जारी गरेको सूचनामा भनेका अनुसार अर्को सूचना जारी नभएसम्म सबै सूचना प्रविधि सम्बन्धी प्रणाली बन्द रहनेछ।

विभागका अनुसार संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको छ, जसका कारण सेवा अवरुद्ध भएको हो।

सूचनामा उल्लेख छ, “सवारी चालक अनुमतिपत्र र विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा विषम परिस्थितिका कारण अर्को सूचना नभएसम्म बन्द रहने छ।”Liecence.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार