5k
Shares
मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा २७ भदौ शुक्रबार करिब २४ वर्षीया दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार, आर्थिक रूपमा कमजोर परिवारकी महिलालाई एक अपरिचित व्यक्तिले घरमै गएर बलात्कार गरेको हो। पीडितले आफ्नो अनुभव गाउँपालिकालाई सुनाएकी छन्।
अध्यक्ष मल्लले जानकारी दिनुभयो कि महिला बोल्न सक्ने अवस्थामा नभएकाले, उनका श्रीमानलाई बाँधेर बलात्कार गरिएको थियो।