3.8k
Shares
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको जानकारी दिएका छन्।
उनका अनुसार मृतकमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। आन्दोलनमा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको पनि बताइएको छ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते सुरु भएको आन्दोलनमा प्रहरीसँगको झडप र आगजनीका कारण ठूलो जनधनको क्षति भएको हो।
अहिलेसम्म सबै मृतकको सनाखत हुन सकेको छैन। जलेका ठाउँ सफा गर्ने क्रममा शव भेटिने क्रम जारी रहेको छ। चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीमा मात्रै आज बिहान ६ वटा शव फेला परेको प्रहरीले जनाएको छ।