4.1k
Shares
जेनजी आन्दोलनमा गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। दुवै जनालाई टाउकोमा गोली लागेको र भेन्टिलेटरमा राखेर उपचार भए पनि बचाउन नसकिएको चिकित्सकले जानकारी दिएका छन्।
यसअघि आन्दोलनका क्रममा ५१ जनाको मृत्यु भएको प्रहरी प्रशासनले जनाएको थियो। साथै चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ शव फेला परेसँगै मृतकको संख्या ५० भन्दा बढी पुगेको छ।
मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।