ट्रेन्डिङ

Logout

भाटभटेनी आगजनीस्थलमा ६ शव फेला

3.5k Shares

काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेको प्रहरीले पुष्टि गरेको छ। शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले डीएनए परीक्षणपछि मात्र पहिचान हुने बताइएको छ।

जेनजी आन्दोलनका क्रममा २३ भदौमा भाटभटेनीमा आगजनी भएको थियो। सो घटनामा प्रहरीको गोली लागेर देशभर २१ जनाको मृत्यु भएपछि आन्दोलन अझ उग्र बनेर भोलिपल्ट देशभर तोडफोड र आगजनी भएको थियो।

हालसम्म उक्त आन्दोलनका कारण ५८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार