4.9k
Shares
सोमबारको जेनजी प्रदर्शनमा मृत्यु भएका शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा सुरु भएको छ। फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म ३६ वटा शव विभागमा पुगेका छन्, जसमध्ये ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको हो।
डा. चौधरीले जिल्ला प्रहरी परिसर काठमाडौंबाट पत्र ल्याएको अवस्थामा मात्रै पोस्टमार्टम गरिने जानकारी दिए। अहिलेसम्म ९ जना आफन्तले पत्र बुझाएका छन् र ती शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइनेछ।
शवको बाहिरी र भित्री जाँच गरेर मृत्युको कारण पत्ता लगाइन्छ। गोली लागेको केसमा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार एंगल, इन्ट्री र एक्जिट पोइन्ट जस्ता विवरण संकलन गरिनेछ।
हालसम्म स्वास्थ्य मन्त्रालयले आन्दोलनका क्रममा ३६ जनाको मृत्यु र १,७७१ जना घाइते भएको पुष्टि गरेको छ। जसमध्ये २८४ जना अझै अस्पतालमा भर्ना भएर उपचाररत छन्।