ट्रेन्डिङ

Logout

गौर कारागारबाट फरार १३ कैदीबन्दी भारतमा पक्राउ

4.4k Shares

गौर कारागारबाट मंगलबार राति फरार भएका कैदीबन्दीमध्ये १३ जनालाई भारत प्रवेश गर्ने क्रममा भारतीय एसएसबिले नियन्त्रणमा लिएको छ।

गौर–बैरगनिया सिमानाबाट प्रवेश गर्ने क्रममा कडाइ बढाएको भारतीय एसएसबीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका मध्ये रौतहट र विभिन्न नगरपालिकाका ९ जना नेपाली र पूर्वी चम्पारण तथा सीतामढीका ४ जना भारतीय नागरिक रहेका छन्।

पक्राउ परेकामध्ये गौर–५ का विवेक मिश्र भारतकै एक हत्या प्रकरणमा फरार अभियुक्त रहेको पत्ता लागेपछि उनलाई सीतामढी न्यायिक हिरासतमा पठाइएको छ। बाँकी १२ जनालाई बैरगनिया प्रहरी नियन्त्रणमा राखिएको र उच्च अधिकारीको निर्देशनपछि नेपाल प्रहरीलाई बुझाइने तयारी भएको छ।

गौर कारागारमा रहेका २९१ मध्ये २६० जना कैदीबन्दी मंगलबार राति फरार भएका थिए। तीमध्ये हालसम्म ४४ जना पक्राउ परेका छन् भने २१६ जना अझै फरार रहेका छन्। कैदीबन्दीको खोजी कार्य जारी रहेको कारागार प्रमुख मनिष झाले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार