5k
Shares
पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ। मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाएका थिए।
आगजनी भएको घरको गाडी सोरूममा जलेको अवस्थामा फेला परेको महिलाको शव यही घरमा काम गर्ने कर्मचारीको भएको प्रहरी स्रोतले जनाएको छ।