ट्रेन्डिङ

Logout

सेनाको अनुरोध : जेनजी आन्दोलनबाट फेला परेका हातहतियार सुरक्षा निकायलाई बुझाउन

5.3k Shares

नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा र अन्य सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई तुरुन्त बुझाउन आग्रह गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले बुधबार जारी विज्ञप्तिमा त्यस्ता हतियारको दुरुपयोग र जनधनको क्षतिको सम्भावना औँल्याउँदै तत्काल सुरक्षा निकायमा बुझाउन अनुरोध गरेको हो।

सेनाले फेला परेका हातहतियार वा गोलीगठ्ठा सम्बन्धित सुरक्षाकर्मीलाई जानकारी गराउन र बुझाउन प्रेरित गर्न समेत आग्रह गरेको छ। साथै, सुरक्षाकर्मीको पोशाकको अनधिकृत प्रयोग नगर्न पनि चेतावनी दिएको छ।army.jpeg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार