ट्रेन्डिङ

Logout

"जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ९ पुग्यो"

5.3k Shares

सामाजिक सञ्जाल बन्दविरुद्ध सुरु भएको जेनजी युवाहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या बढ्दै गएकाे छ ।

अनलाइनखबरलाई प्राप्त विभिन्न अस्पताल स्रोतका अनुसार दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु पुष्टि भएको छ ।

ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा १ जना, केएमसी अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेहरूको संख्या अझै ठूलो रहेको र धेरैजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार