3.6k
Shares
नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनलाई कभरेज गर्ने क्रममा दुई जना फोटो पत्रकार प्रहरीको रबरको गोली लागेर घाइते भएका छन् ।
नयाँ पत्रिकामा कार्यरत दिपेन्द्र ढुंगाना र नेपाल प्रेसमा कार्यरत उमेश कार्कीलाई प्रहरीले प्रहार गरेको रबरको गोली लाग्दा घाइते भएका हुन् । उनीहरू प्रदर्शन क्षेत्रमै फोटो खिच्ने क्रममा लक्षित नभई लागेको गोलीले घाइते भएका हुन् ।
घाइते पत्रकार दुबैजनालाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।