ट्रेन्डिङ

Logout

"सामाजिक सञ्जाल बन्दविरुद्ध बुटवलमा पनि युवाहरूको सडक प्रदर्शन"

4.1k Shares

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध बुटवलमा पनि युवाहरूले बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन गरेका छन् ।

प्लेकार्डसहित प्रदर्शनमा सहभागी युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए । ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’जस्ता नारा घन्किएका थिए ।

प्रदर्शनमा काठमाडौंका मेयर बालेन शाहका निकट सन्तोष गिरीसहितका युवाहरू अग्रभागमा रहेर नाराबाजी गरेका छन् ।

युवाहरूको यस्तो विरोध केवल बुटवलमै सीमित छैन । काठमाडौंको माइतीघर मण्डलासँगै अन्य स्थानहरूमा पनि सामाजिक सञ्जाल बन्दविरुद्ध प्रदर्शन भइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार