ट्रेन्डिङ

Logout

सप्तरीमा देवधार खोलाको किनारमा अज्ञात महिलाको शव फेला

4.7k Shares

सप्तरीको शम्भुनाथ नगरपालिका–७ भंगाहा स्थित देवधार खोलाको किनारमा एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान भने अहिलेसम्म खुलेको छैन।

शनिबार साँझ खोलाको पूर्वपट्टि काशघारी नजिक अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन्।

प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ। शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार