ट्रेन्डिङ

Logout

तनहुँमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

4.4k Shares

तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा मंगलबार राति दुई स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।

पृथ्वीराजमार्गमा ग.२१ प ३०३६ र ग.२३ प ८००७ नम्बरका स्कुटर आपसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापा गम्भीर घाइते भएका थिए। उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

यस दुर्घटनामा पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन्। उनको उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार