ट्रेन्डिङ

Logout

सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

4k Shares

सर्लाही प्रहरीले अवैध कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षाबाट सर्लाहीको मलंगवातर्फ बीआर ०६ डीएम ९५२३ नम्बरको मोटरसाइकलमा आएका किशन महरालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले हतियार श्याम महरालाई राख्न दिएको बयान दिएका थिए।

उनको बयानको आधारमा प्रहरीले श्याम महरालाई समेत नियन्त्रणमा लिएर बागमती नगरपालिका–१२ स्थित बागमती नदीको बगरबाट नलकटुवा पेस्तोल बरामद गरेको जनाएको छ।

दुवैजनामाथि हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरिएको छ र सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार