4.6k
Shares
अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा रजस्वलाको समयमा त्रिपालमुनि सुतेका दुई जनाको ढुंगाले लागी मृत्यु भएको छ।
प्रहरीका अनुसार, घर नजिकै खेतबारीमा सुतेका बेला माथिबाट खसेको ढुंगाले ३५ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीलाई च्याप्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
सोही त्रिपालमुनि सुतिरहेकी मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते भएकी छन्। उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ।
वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार महिनावारी बार्न भनेर दुवै महिला त्रिपालमुनि बसेका थिए। रत्नाकी छोरी कविता आमासँगै बस्ने अड्कले सँगै सुतेकी थिइन्। मृतक खनाल र भण्डारी दुबै जना माइत आएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।