ट्रेन्डिङ

Logout

उखु किसानको अनुदान कटौतीको विरोधमा काठमाडौंमा प्रदर्शन जारी

4.8k Shares

सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उखु किसानहरूले सोमबार पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन्।

बजेट अभावको कारण सरकारले किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि किसान आन्दोलित भएका हुन्।

उखु उत्पादक महासंघको नेतृत्वमा काठमाडौं आएका किसानहरूले माइतीघर मण्डला र बानेश्वर चोकमा उखु बोकेर प्रदर्शन गर्दै अनुदान कटौतीको निर्णय फिर्ता लिन माग गरेका छन्। किसानहरूले सरकारसँग पहिलेको दर प्रतिक्विन्टल ७० रुपैयाँकै अनुसार अनुदान दिनुपर्ने माग राखेका छन्।

सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू प्रदर्शनमा सहभागी छन्।

सरकारले बजेट अभाव र स्रोत जुटाउन नसकिएको दाबी गर्दै प्रतिक्विन्टल ७० रुपैयाँ बराबर अनुदान आधा घटाएर ३५ रुपैयाँमा झारेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्षकै दरअनुसार प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान प्रस्ताव गरेर मन्त्रिपरिषदमा पठाएको थियो। तर मन्त्रिपरिषद्ले प्रस्ताव अनुमोदन नगरी ३५ रुपैयाँ अनुदान दिने निर्णय स्वीकृत गरेको थियो।

आर्थिक वर्ष २०८१/८२ मा देशभरका १३ चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए। यसअनुसार सरकारले किसानलाई करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार