5.4k
Shares
गोरखा जिल्लाको शहिद लखन गाउँपालिका–३ का ३४ वर्षीय ज कुमारलाई आफ्नै छोरी र दाइकी छोरीलाई करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीका अनुसार भदौ ४ गते बुधबार बेलुकी घरमै सुतिरहेको अवस्थामा जबरजस्ती करणी गर्न खोजेको उजुरीका आधारमा कुमारलाई लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो।
घटनासम्बन्धी मुद्दा हाडनातामा जबरजस्ती करणी उद्योग शीर्षकमा दर्ता गरिएको छ। उनलाई जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आरोपित आफ्नै छोरीसमेत पीडित भएकाले उनको नाम गोप्य राखिएको हो।