ट्रेन्डिङ

Logout

दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल यात्रीको मृत्यु, चालक घाइते

4.6k Shares

दाङमा आइतबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवलबहादुर बमले जानकारी दिएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक चन्द्रौटा–पश्चिमतर्फ जाँदै गरेको ना. ८ ख. ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटा आउँदै गरेको लु. ३९ प. ८३९० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सुशील थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बमले बताए ।

सो दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन् । उनको भालुवाङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

प्रहरीका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने घटनामा संलग्न टिप्पर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार