ट्रेन्डिङ

Logout

नेपालबाट भारतलाई थप ८० मेगावाट विद्युत् निर्यात गर्ने अनुमति

4k Shares

भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित ८० मेगावाट विद्युत् खरिद गर्न सहमति प्रदान गरेको छ। यससँगै नेपालबाट निर्यात हुनसक्ने कुल विद्युत् क्षमता ११३०.९ मेगावाट पुगेको छ।

यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाटमा थपिएको ८० मेगावाट जोडिँदा भारततर्फको निर्यात क्षमता १०९०.९ मेगावाट भएको हो। साथै, नेपालबाट भारतको प्रसारणमार्ग हुँदै बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

पछिल्लो पटक २६ साउनमा भारतले २०० मेगावाट विद्युत् आयातको अनुमति दिएको थियो। विहीबार थप ८० मेगावाट आयात गर्ने अनुमति दिइएको हो। यसअन्तर्गत ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारत निर्यात हुनेछ।

यो अनुमति नेपाल–भारतबीचको दुईपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि दिइएको हो। प्राधिकरणका अनुसार अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मका लागि मान्य हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार