ट्रेन्डिङ

Logout

गोरखामा बालयौन दुरुपयोगको आरोपमा एक पक्राउ

5k Shares

गोरखा, ३१ साउन २०८२ - गोरखामा बालयौन दुरुपयोगको आरोपमा प्रहरीले ३७ वर्षीय लक्ष्मण आचार्यलाई पक्राउ गरेको छ। पक्राउ परेका आचार्य गोरखा नगरपालिका-७ का स्थायी बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुबेदीका अनुसार, आचार्यले आफ्नै घरमा डेरा बस्ने १५ वर्षीया नाबालिका (नाम परिवर्तन गरी ध कुमारी) लाई साउन ३१ गते दिउँसो १ बजे यौन आशयले संवेदनशील अंगमा समात्ने र अस्वाभाविक यौनजन्य क्रियाकलाप गरेको आरोप लागेको छ।

पीडितका आफन्तको जाहेरीका आधारमा आचार्यलाई सोही दिन राति उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो। आइतबार उनविरुद्ध बालयौन दुरुपयोगको मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुबेदीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार