ट्रेन्डिङ

Logout

युरिया मल आपूर्ति कमजोर, मन्त्री अधिकारीको स्वीकारोक्ति

5k Shares

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्ति सामान्य भए पनि युरिया मल आपूर्तिमा कमजोरी रहेको स्वीकार गरेका छन्। प्रतिनिधि सभामा उनले यसको प्रमुख कारण मुल्य वृद्धि र निरन्तरको वर्षाले कोलकात्ता पोर्टमा मल अनलोड तथा ब्यागिङ–लोडिङ कार्य ढिलो हुनु रहेको बताए।

उनका अनुसार हाल तीनवटा जहाजमा लोड भएको मल कोलकात्ता पोर्टमै रोकिएको छ, जसका कारण खरिद गरिएको ६० हजार टन युरिया नेपाल भित्रिन सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार