ट्रेन्डिङ

Logout

बाजुराको विछ्यामा आकस्मिक बाढी, विद्यालय र वडा कार्यालयमा क्षति

4.4k Shares

बाजुराको हिमाली गाउँपालिका–१, विछ्यामा आएको आकस्मिक बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ विछ्यास्थित खोलामा आएको बाढीले वडा कार्यालय र विछ्या माध्यमिक विद्यालयको भवन क्षतिग्रस्त बनाएको हो। साथै, खोला किनारका निजी घर तथा खेतबारीसमेत बगाएको छ।

बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) इकबाल हवारीका अनुसार क्षतिको विस्तृत विवरण भने अहिलेसम्म प्राप्त भएको छैन। प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। मानवीय क्षति भएको जानकारी भने अहिलेसम्म प्राप्त भएको छैन।

बुधबार विछ्यामा वर्षा नभएको तर आज भने जिल्लाभर वर्षा भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार