ट्रेन्डिङ

Logout

रवीन्द्र ढाँटलाई एमएफएन च्याम्पियन बनेकोमा पाँच लाख पुरस्कार

5.2k Shares

बझाङका रवीन्द्र ढाँटले आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई पराजित गर्दै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बनेपछि उनलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रदान गरिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत गत सोमबारको मन्त्रिपरिषद् निर्णयअनुसार ढाँटलाई उक्त रकम प्रदान गरिने जानकारी दिनुभयो। साथै, उहाँले च्याम्पियन ढाँटका प्रशिक्षकलाई रु दुई लाख पुरस्कार दिने निर्णय भएको पनि उल्लेख गर्नुभयो।

गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतीय च्याम्पियन चनरेङ कोरेनलाई हराउन सफल हुनुभएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार