ट्रेन्डिङ

Logout

पर्सामा २५ वर्ष कैद सजाय पाएका राहुल साहको अस्पतालमा मृत्यु

5.3k Shares

पर्सामा २५ वर्ष कैद सजाय पाएका २८ वर्षीय राहुल साहको मृत्यु भएको छ। उनी कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार, मंगलबार बिहान एक्सरसाइज गर्ने क्रममा अचानक वान्ता गर्दै बेहोस भएका साहलाई उपचारका लागि अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भयो।

मृत्यु नारायणी उपक्षेत्रीय अस्पतालमा भएको प्रहरीले जनाएको छ। हाल मृतकका परिवारसँग घटनाबारे छलफल भइरहेको छ भने परिवारले केही आरोपहरू लगाउँदै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार