4.8k
Shares
धनकुटा नगरपालिका–८ स्थित टेकुनालामा आइतबार बिहान करिब १०:३० बजे बा.२ च.२३०९ नम्बरको पिकअप दुर्घटना हुँदा १७ जनाभन्दा बढी घाइते भएका छन्। टेकुनालाबाट बजारतर्फ आउँदै गरेको उक्त पिकअपमा २१ जना सवार थिए।
दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल धनकुटामा ल्याइएको र थप उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उपचार भने जिल्ला अस्पताल धनकुटामा भइरहेको छ।
घाइतेहरू गाईजात्रा पर्वका लागि धनकुटा आउँदै थिए।