ट्रेन्डिङ

Logout

उत्तराखण्डमा सम्पर्कविहीन भएका धादिङका चार जना सकुशल भेटिए

4.6k Shares

भारतको उत्तराखण्डमा केही दिनदेखि सम्पर्कविहीन रहेका धादिङका चार जना नेपाली नागरिक सुरक्षित रूपमा सम्पर्कमा आएका छन्। मोबाइल नेटवर्क नहुँदा सम्पर्क विच्छेद भएकोमा अहिले उनीहरूसँग प्रत्यक्ष सम्पर्क भएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन्।

घिमिरेका अनुसार, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले चारै जना सकुशल रहेको समाचार कार्यालयलाई दिएका हुन्। सुरुवाती चरणमा सम्पर्क नहुँदा परिवारजन र स्थानीय तहमा चिन्ता उत्पन्न भए पनि अहिले उनीहरू सुरक्षित रहेकाले राहतको अनुभूति भएको जनाइएको छ।

हाल ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सबै जना सुरक्षित अवस्थामा रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार