ट्रेन्डिङ

Logout

अविरल वर्षाले बेनी–जोमसोम सडक अवरुद्ध, यात्रुहरू समस्यामा

4.9k Shares

बिहीबारदेखि जारी अविरल वर्षाका कारण म्याग्दीको बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र मार्ग बन्द हुँदा मुक्तिनाथ तथा दामोदर कुण्ड जान लागेका यात्रुहरू समस्यामा परेका छन्।

रघुगङ्गा गाउँपालिका–३ बैसरीमा सडक माथिबाट खसेको पहिरोले करिब ५० मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिएका छन्। त्यस्तै, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ।

बेनी–जोमसोम कोरला सडक आयोजनाका इन्द्रसिंह शेरचनका अनुसार, सडक खोल्ने प्रयास भइरहे पनि लगातारको वर्षाले काम गर्न कठिन भइरहेको छ। उनले यात्रुहरूलाई वर्षायाममा यात्रा अघि सडकको अवस्था बुझेर मात्र हिँड्न सुझाव दिएका छन्।

यसैबीच, बेनी–दरवाङ सडक खण्डको बेनी नगरपालिका–४ धुमाउने भीर र मालिका गाउँपालिका–६ बाङ्गे पहिरो क्षेत्रमा समेत उच्च जोखिम रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार