ट्रेन्डिङ

Logout

ललितपुरमा केटा साथीको घरमा गएकी १८ वर्षीया किशोरीको मृत्यु, अनुसन्धान जारी

5.1k Shares

ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा बुधबार दिउँसो गएकी एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार, ती किशोरी सोही दिन बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा उनको मृत्यु भएको पुष्टि भएको हो। प्रहरीले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान सुरु गरेको छ। किशोरीको शव पोस्टमार्टमका लागि पठाइएको छ, र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार