4.6k
Shares
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ स्थित बाहुनीडाँडाको दौंते खोलानजिक तीर्थयात्री बोकेको माइक्रोबस दुर्घटना भएको छ। साउन १९ गते सोमबार बिहान सिराहाबाट हलेसी दर्शनमा आएको प्रदेश २–०१००१ ज. ००५३ नम्बरको माइक्रोबस सडकबाट पल्टिएको हो।
दर्शन सकेर फर्किँदै गरेको माइक्रोबसमा चालकसहित १६ जना यात्रु सवार थिए। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार, एक जना यात्रु गाडीले च्यापिएको अवस्थामा गम्भीर घाइते भेटिएका छन्। अन्य १३ जना घाइतेलाई एम्बुलेन्समार्फत नजिकैको उदयपुरस्थित घुर्मीमा प्राथमिक उपचारका लागि लगिएको छ।
दुर्घटनामा परेका तीर्थयात्रीहरू सिराहाको नराहा नगरपालिका–५ का बासिन्दा रहेको जानकारी प्राप्त भएको छ। घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।