ट्रेन्डिङ

Logout

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, प्रहरीले सुरु गर्‍यो खोजतलास

5.5k Shares

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकको भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएका उर्मिला हायुको परिवारका १६ जना सदस्य सोमबार बिहानदेखि बेपत्ता भएपछि प्रहरी प्रशासनले खोजतलास सुरु गरेको छ।

स्थानीयले परिवार सम्पर्कविहीन भएको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दिएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, प्रहरी टोलीले हायुको घरमा सामान्य क्षति देखिएको जनाएको छ। घरमा रहेका पशु–पंक्षीहरू जस्तै कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा फेला परेका छन्, तर घरमा परिवारका कुनै सदस्य उपस्थित नरहेका बताइएको छ।

प्रहरीले सम्भावित सबै कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। हालसम्म परिवार बेपत्ता हुनुको कारण खुल्न सकेको छैन। घटनाले स्थानीयवासीमा चिन्ता र त्रास फैलिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार