ट्रेन्डिङ

Logout

प्रधानमन्त्री ओलीद्वारा मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन

5.4k Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मधेश प्रदेशका सुक्खाग्रस्त क्षेत्रहरूको अवलोकन गरेका छन्। वर्षाको समयमा पानी नपर्दा किसानको धान रोपाइँमा गम्भीर असर परेपछि सरकारले साउन ७ गतेको मन्त्रिपरिषद् बैठकमार्फत मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

यसअघि प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्च अधिकारीहरूसँग छलफल गरेका थिए। महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा सुक्खाग्रस्त क्षेत्रको अवलोकन पनि गरेका हुन्।

सरकारले किसानको समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक प्रयास आवश्यक रहेको बताएका छन्।madhes-pradesh-sukhha-3.jpgmadhes-pradesh-sukhha-2-1024x681.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार