ट्रेन्डिङ

Logout

रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत

4.4k Shares

निर्वाचन आयोगले आगामी कात्तिक १७, २०८२ मा रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले यो जानकारी दिएकी हुन्।

निर्वाचन कार्यतालिका:

  • असोज २१, २०८२: बिहान १०:०० देखि बेलुकी ५:०० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता। सोही दिन साँझ ५:०० देखि ७:०० बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन।
  • असोज २२, २०८२: बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म उम्मेदवारको सूचीविरुद्ध उजुरी दिने समय। सोही दिन दिउँसो ३:०० देखि असोज २३ को बेलुकी ५:०० बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय।
  • असोज २३, २०८२: बेलुकी ५:०० देखि ७:०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन।
  • असोज २४, २०८२: बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने। दिउँसो १:०० देखि ३:०० बजेसम्म अन्तिम नामावली प्रकाशन। दिउँसो ३:०० देखि ६:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान।
  • कात्तिक १७, २०८२: बिहान ७:०० देखि बेलुकी ५:०० बजेसम्म मतदान।

आयोगले २०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिक बन्दसूचीमा नाम समावेश भएका व्यक्ति यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको जनाएको छ।

नोट: यो उपनिर्वाचन रास्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहोराको निधनपछि रिक्त भएको उक्त क्षेत्रमा हुन लागेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार