ट्रेन्डिङ

Logout

मोरङको जहदाबाट जापनिज पेस्तोलसहित दुई जना पक्राउ, दुई फरार

4.9k Shares

मोरङ जिल्लाको जहदा गाउँपालिकाबाट प्रहरीले जापनिज पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय दिनेश मण्डल र हरिकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुँडालका अनुसार, दिनेश मण्डलको गहुँको भुस राख्ने सानो गोठमा लुकाएर राखिएको पेस्तोल फेला परेको हो। उक्त पेस्तोलमा "मेड इन जापान" लेखिएको छ।

साथै प्रहरीले घटनास्थलबाट एक थान खुकुरी, मोबाइल फोन र हरिकुमारको साथबाट नम्बर मेटिएको होन्डा मोटरसाइकल पनि बरामद गरेको छ।

प्रहरीले हतियार लुकाएर राखिएको सूचनाका आधारमा खोजतलास गर्दै जाँदा उनीहरू पक्राउ परेका हुन्। सोही घटनामा संलग्न आशंका गरिएका आशिष मण्डल र मुकेशकुमार महतो भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका हरिकुमार महतो र फरार आशिष मण्डल चोरीको अभियोगमा एक महिनाअघि मात्रै कारागारमुक्त भएको तथ्य समेत खुलेको छ। प्रहरीले अब विस्तृत अनुसन्धान अघि बढाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार