5k
Shares
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।
बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले उनलाई नगरपालिका कार्यालयमै घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। दिउँसो करिब १:४५ बजेको समयमा एक उपभोक्ता समितिबाट पूर्ण भुक्तानीका लागि मागिएको एक लाख रुपैयाँ घुस लिइरहेको बेला मेयर साहलाई रंगेहात पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।
अहिले अख्तियारको टोलीले घटनास्थलमा प्रमाण संकलनसहित आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।