ट्रेन्डिङ

Logout

हरिनगरमा १८ वर्षीया किशोरीको गोली हानी हत्या, भिनाजु फरार

4.7k Shares

सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका–६ घुस्कीमा सोमबार बिहान एक १८ वर्षीया किशोरीको गोली प्रहार गरी हत्या गरिएको छ। महरम चौककी अर्सी खातुनको हत्या भारतको पत्रहा पञ्चायत–१६ घुर्नाका सौकात मियाँका छोरा २९ वर्षीय अजाद मियाँ जटले गरेको मृतकका बुवा गफार मियाँले जानकारी दिएका छन्।

घटनापछि आरोपी जट फरार रहेको र घटनास्थलमै अर्सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बताए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रचौ घुस्कीहाटबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। साथै, थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन सिडिओ अधिकृतसहितको टोली पनि पठाइएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट सानो हतियारमा प्रयोग हुने एक थान नपड्किएको गोली फेला परेको छ। अर्सीको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। मृतकको टाउकोको बाँया भागमा चोट लागेको पनि प्रहरीले जनाएको छ।

गोली प्रहार गरेर फरार रहेका आरोपीको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार